"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसलाई रास्वपाको समर्थन, खड्काको मनोनयन दर्ता

प्रकाशित मिति :  16 April, 2026 6:22 pm


काठमाडौँ- प्रतिनिधसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्।

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा कांग्रेसका सांसद खड्काले लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन्। खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन्।

मनोनयन दर्तापछि कांग्रेस सांसद खड्काले सबै दलबीच लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय भइसकेकाले कसैको जित हारको विषय नभइ सर्वसम्मत रुपमा सभापति चयन हुने विश्वास व्यक्त गरे।

यसअघि रास्वपा संसदीय दलको बैठकले पनि लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको थियो भने एमाले र नेकपाले पनि कांग्रेसलाई नै समर्थन गर्ने निर्णय गरेको थियो। सबैको समर्थन प्राप्त भएसँगै लेखा समितिको सभापतिमा खड्का चयन हुने निश्चित भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद