"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्च अदालतद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई दियो आधिकारिक मान्यता

प्रकाशित मिति :  17 April, 2026 10:28 pm


काठमाडौँ — सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त फैसला गरेको हो । यो फैसलासँगै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ । 

गत वर्षको पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको थियो । त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको निवेदनमा निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष ४ माघ २०८२ मा सर्वोच्च अदालत गएको थियो । गत महिना थापा पक्षले पार्टीको नियमित १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसपछि देउवा पक्षले उक्त कार्यतालिका कार्यान्वयन नगर्ने आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दिएको थियो । 

गत मंसिरमा कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल सकिएपछि पार्टीमा महाधिवेशन निर्वाचन अगाडि वा पछाडि गर्ने भन्नेमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा थापा पक्षले विशेष महाधिवेशन गरेको थियो ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारले समानुपातिक प्रणालीतर्फको उम्मेदवारी तत्कालीन सभापति देउवाको हस्ताक्षरमा र प्रत्यक्षतर्फको निर्वाचन थापाको हस्ताक्षरमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा ठूलो पराजय व्यहोरेपछि थापाले राजीनामा दिए पनि केन्द्रीय कार्यसमितिले अस्वीकार गरेको थियो । त्यसयता थापाले नै पार्टीको नेतृत्व सम्हाल्दै आएकोमा भने देउवा पक्षले भने समानान्तर गतिविधि सुरु गरिरहेका छन् ।

देउवाले तत्कालीन समयमा कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काले सोही हैसियतमा पार्टीको लेटरप्याड प्रयोग गर्दै विज्ञप्ति निकालिरहेपछि पार्टीको अनुशासन समितिले उनलाई बुधबार ७ दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो । खड्काले भने उक्त निर्णयलाई हास्यास्पद भन्दै स्पष्टीकरण नदिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन भएका छन्। प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई

काठमाडौँ- प्रतिनिधसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्। बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६

काठमाडौँ- नेपाली कांग्रेसले जरा अभियान सुरू गरेको छ। यो अभियान वैशाखभर सञ्चालन हुनेछ। ‘जरा अभियान’ औपचारिक रूपमा वैशाख १ गतेदेखि आरम्भ गरेको