"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान संशोधनका लागि सुझाव दिन कांग्रेसको आग्रह

प्रकाशित मिति :  22 April, 2026 2:22 pm


काठमाडौँ- नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले मंगलबारदेखि काम सुरु गरेको छ । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन थापाले संविधान संशोधनको आवश्यकता र समितिको जिम्मेवारीका बारेमा जानकारी गराएका छन् ।

संविधान बनेको १० वर्षभन्दा बढी भइसकेको र अभ्यासका क्रममामा केही प्रावधानहरू संशोधनको आवश्यकता महसुस गरिएको सभापति थापाको भनाई थियो । लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संविधान संशोधनको छलफल चलाउन उनले सुझाव दिएका थिए ।

समितिले सुरुमा संविधानको सूक्ष्म अध्ययन गरी संशोधनका लागि प्रस्तावित मस्यौदा तयार पार्ने र सरोकारवाला, विज्ञ तथा आम नागरिकसँग वृहत् छलफल गर्ने योजना बनाएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न छुट्टै समिति बनाएर समितिमा काँग्रेसको समेत प्रतिनिधित्वका लागि अनुरोध गरिरहेका बेला कांग्रेसले पनि गृहकार्य सुरु गरेको हो ।

सरकारले बनाएको समितिमा पार्टीको तर्फबाट प्रतिनिधि पठाउने बारेमा कुनै निर्णय नभएको सदस्य सचिव कटुवालले जानकारी दिए । उनका अनुसार सरकारले शुक्रबार सम्ममा प्रतिनिधिको नाम पठाउन अनुरोध गरेको छ भने यस समितिको अर्को बैठक आगामी बिहीबार बस्ने तय गरिएको छ ।

कांग्रेसले बनाएको समितिको सदस्यहरूमा वरिष्ठ अधिवक्ता तथा संविधानविद् राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्र बहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको