"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न एमालेको निर्देशन

प्रकाशित मिति :  3 February, 2022 1:12 pm


फाइल फोटो : एमालेको सचिवालय बैठक

२० माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ।

बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो।

सचिवालय बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछि गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशनहरू भने स्थानीय तहको निर्वाचन अघि नै गर्ने निर्णय गरेको छ।

बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भइ केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ।

बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ। बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको