"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

प्रकाशित मिति :  23 April, 2026 4:49 pm


काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गर्न निर्देशन दिएको छ।

मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाबाट जारी पत्रअनुसार अब मन्त्रालय, विभाग, कार्यालय तथा सबै स्थानीय तहमा कार्यरत कर्मचारीको दैनिक उपस्थितिको विवरण (आएको र गएको समय) अनिवार्य रूपमा विद्युतीय प्रणालीबाटै अभिलेख राख्नुपर्नेछ।

मन्त्रालयले वैशाख ८ गते सचिवस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। सो अनुसार हालसम्म विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन नभएको कार्यालयहरूले समेत तत्काल उक्त प्रणाली लागू गरी कर्मचारीको दैनिक हाजिरी डिजिटल माध्यमबाटै राख्नुपर्नेछ।

त्यसैगरी, प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर सम्बन्धित कार्यालयमा सुरक्षित राख्न पनि निर्देशन दिइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद