"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन मार्फत संसदीय दलको नेता चयन गर्दै कांग्रेस

प्रकाशित मिति :  24 April, 2026 10:51 am


काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ। नेता चयन प्रक्रिया सञ्चालन गर्न गठित समितिले बिहीबार निर्वाचन तालिकामा आंशिक हेरफेर गरेको हो।

संशोधित तालिकाअनुसार उम्मेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ भने ४:३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। मतदान प्रक्रिया भने साँझ ५ बजेदेखि सुरु गरिने तय गरिएको छ। प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसमा दलको नेता चयन गर्न अझै सहमति जुट्न सकेको छैन।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद