"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१२ कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज [सुचि सहित]

प्रकाशित मिति :  6 May, 2026 5:42 pm


काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको छ।

विभागले वैशाख २३ गते जारी गरेको सूचनाअनुसार निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन, २०६४) तथा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन, २०७०) अन्तर्गत दर्ता भई क्रियाशील रहेका ट्रेड युनियनहरू संवत् २०८३ सालको अध्यादेश नं. ०७ “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश” का आधारमा खारेज गरिएको हो।

पञ्जिकाधिकारीको निर्णयअनुसार खारेज हुने युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च लगायतका संस्थाहरू रहेका छन्। यसैगरी स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन समेत खारेजीमा परेका छन्।

विभागका प्रवक्ता मणिनाथ गोपले उक्त निर्णय अध्यादेशअनुसार कार्यान्वयन गरिएको जानकारी दिएका छन्। उक्त निर्णयसँगै यी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद