"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय अन्तर्क्रियाबाट‍ १५ संकल्प पारित

प्रकाशित मिति :  10 May, 2026 10:15 pm


काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मानवीयतालाई ध्यानमा राखेर कार्य गर्न केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउनुको साथै आफ्नो नेतृत्वमा सरकार रहेका स्थानीय तहमा प्रभावकारी कार्य गर्ने प्रतिवद्धता गरिएको छ ।

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो र आज कैलालीको धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय अन्तर्क्रियाबाट‍ १५ संकल्प पारित गरेको हो । स्थानीय तहमा कांग्रेसबाट निर्वाचित स्थानमा नागरिकमुखी नीति मार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढङ्गले कार्य गर्ने संकल्प गरिएको छ । कानुनको कार्यान्वयनमा मानवीयतालाई केन्द्रमा राखेर काम गर्ने संघीय सरकारलाई समेत ध्यानाकर्षण गराउने संकल्प पारित गरिएको छ ।

कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारको नेतृत्चले नीति तथा कार्यक्रम मार्फत स्थानीय तहका सरकारका गतिविधिलाई थप नागरिकमैत्री, सुशासनयुक्त र परिणाममुखी बनाउने प्रतिवद्दता गरिएको छ ।
भूमिहिन दलित, सुकुम्वासी र अव्यबस्थित बसोवासीलाई व्यबस्थापन गर्दा सवैभन्दा पहिला नागरिकको आत्मसम्मानलाई ध्यान दिने प्रतिवद्दता गरिएको छ ।

जोखिम क्षेत्रमा बसोवास गरेका नागरिकको परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने गर्नुको साथै मुक्त हलिया, मुक्त कमैया, वादी समुदाय लगायतका लागि जीविकोपार्जनका लागि विशेष प्राथमिकताका कार्यक्रम संचालन गर्ने संकल्प गरिएको छ ।

स्थानीय सरकारबाटहुने सार्वजनिक सेवाप्रवाह थप सरलिकृत गर्ने संकल्प गरिएको छ । एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा समेत ग्रहण गर्ने निर्णय गरिएको छ ।
संवैधानिक ब्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय तहले अनिवार्य रूपमा बजेट पेश गर्न प्रतिवद्दता गरिएको छ ।

संकल्पको पूर्ण पाठः



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको