"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको कार्यशैलीप्रति विपक्षी दलको विरोध

प्रकाशित मिति :  11 May, 2026 3:45 pm


काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको छ। यो बजेट अधिवेशन पनि हो। आज (सोमबार) को बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरु आ-आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गरेका थिए।

त्यसपछि नेपाली कांग्रेस, नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदहरुले आसन ग्रहण गरेपछि बैठक सुचारु भएको थियो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिइएको छ। यसपछि विपक्षी दलका सांसदलाई आकस्मिक समयमा तीन/तीन मिनेट बोल्न समय दिइएको थियो।

बैठकमा विपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। उनीहरूले सरकारले ल्याएको अध्यादेश र अव्यवस्थित-सकुम्वासी वस्ती हटाउने सरकारको कार्यप्रति असन्तुष्टि जनाएका छन्। बैठकमा कांग्रेसका निश्कल राईले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने गरी प्रतिनिधिसभा नियमावली मस्यौदा अघि बढाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए।

बैठकमा नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले नयाँ सोच भनेको संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास भएको बताइन्। त्यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकार निरंकुशतातर्फ उन्मुख भएको भन्दै त्यसको जवाफ दिनुपर्ने बताए। उनले अध्यादेश ल्याएर संवैधानिक परिषद्लाई बहुमतको खेलमा अल्झाएर सहमतिको औचित्यलाई खिल्ली उडाएको बताए।

अब अपराह्न ४ बजे संयुक्त बैठक बस्ने गरेर सदन स्थगित गरिएको छ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद