"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्यायाधीशमा डा. शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

प्रकाशित मिति :  19 May, 2026 4:57 pm


संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा शर्मा काठमाडौँ, ५ जेठ : संसदीय सुनवाई समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा मनोज शर्मा । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा मंगलबार बसेको सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

संसदीय सुनुवाइपछि शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको हो। उनले समितिमा प्राप्त उजुरीहरु सम्बन्धित निकायमा पठाउने र समितिमा पनि अभिलेखका रूपमा राखिने बताए।

त्यसअघि संसदीय सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्माले संविधानबमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवम् गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्ने जिम्मेवारी पूरा गर्न प्रतिवद्ध रहेको बताएका थिए। उनले सबै प्रकारका प्रभाव र दबाबबाट न्यायपालिकालाई स्वतन्त्र राख्ने पनि बताए। उनले अदालतमा रिट दर्ता र दरपीठ गर्ने अधिकार प्रशासनको रहेको भन्दै आफूले कुनै पनि प्रकारको दबाब नदिएको दाबी गरे। .

समिति सदस्यहरुले भावी योजना र शर्माविरुद्ध परेका उजुरीहरूबारे प्रश्न गरेका थिए। समिति सदस्य कविन्द्र बुर्लाकोटीले अदालतलाई बिचौलियामुक्त बनाउने योजनाबारे जिज्ञासा राखेका थिए। समिति सदस्य पद्मा अर्यालले प्रधानन्यायधीश सिफारिसमा देखिएको विवादका बारेमा शर्माको धारणा माग गरेकी थिइन्।

समिति सदस्य वर्षमान पुनले नेपोबेबी, न्यायिक निरुपण तथा संक्रमणकालीन न्यायका विषयमा शर्मको धारणा माग गरेका थिए।
शर्मालाई राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ। संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा‍‍. शर्मालाई वैशाख २४ मा प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको