"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनतासँग बढी कर नलिन सरकारलाई सांसद्हरुको ध्यानाकर्षण

प्रकाशित मिति :  21 May, 2026 4:13 pm


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनतासँग बढी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद सुशान्त वैदिकले निर्मण सुरु गरिएका प्युठानका सडक अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण गराए । चट्याङबाट बच्न प्रतिरोधी टावर बनाउन उनले माग गरे ।

सांसद सुशील खड्काले फोहरमैला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी करलाई खारेज गरिनुपर्नेमा जोड दिए । कुहिने फोहरलाई मल र प्लास्टिकलाई उद्योगको कोइलाका रूपमा पुनःप्रयोग गर्न सकिने उनको सुझाव छ । सांसद सुषमा स्वर्णकारले विद्युत् सेवा अधिकार भएकाले विद्युत् आपूर्तिमा अवरोध नगर्न माग गरिन् । सांसद सुहाङ नेम्वाङले वर्षा सुरु हुन लागेपछि इलामका सडक भत्कने गरेकाले सुधार गर्न माग गरे ।

उनले इलाममा अलपत्र रहेका पुल नबन्दा पनि समस्या भएकाले छिटो निर्माण गरी जनता निर्धक्क सुत्न सक्ने गरी कवातावरण बनाउन माग गरे । सांसद सोम शर्माले गत भदौ २३ गते किन गोली चलाइयो, सोको तथ्यगत र वास्तविक अध्ययन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद स्मृति चौधरीले युवाले भविष्य गुमाइरहेकाले विदेश पलायन रोक्ने गरी नीति निर्माण गरिनुपर्ने माग गरिन् ।

सांसद हरिनादेवी कामीले डडेल्धुरामा बग्ने रङ्गुन खोलाले खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्ध निर्माण गर्न माग गरिन् । सांसद हरिप्रसाद भुसालले नेपाली सञ्चारजगतले चेतना जगाउने गरेका उल्लेख गर्दै स्वतन्त्र प्रेसको सुदृढीकरणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न माग गरे ।

सांसद क्षितिज थेवेले सुकेटार विमानस्थल कालोपत्र भए पनि विमान नगएको उल्लेख गर्दै ५० वर्षदेखि जनताका सपना पूरा नभएको बताए । ताप्लेजुङका विभिन्न स्थानमा सडक र पुलको अवस्था नाजुक भएकाले समाधान गर्न उनको माग छ ।

सांसद ज्ञानु पौडेलले कालिकोट विमानस्थल परीक्षण भएर सञ्चालन नभएकाले उक्त विमानस्थल चलाउन ठोस पहल गरिनुपर्नेमा जोड दिइन् । कालिकोटका सडक गुणस्तरीय नभएकाले विमानस्थल सञ्चालन छिटो गरिनुपर्ने उनको भनाइ छ ।

सांसद ज्ञानेन्द्रसिंह महताले क्रिकेट खेलाडीलाई कञ्चनपुरमा मैदान नभएकाले आधुनिक खेलमैदान तत्काल निर्माण गर्न माग गरे । सांसद हरिमोहन भण्डारीले वैदेशिक रोजगारमा गएकाको निधन हुँदा श्रम मन्त्रालयले चासो नलिँदा शव ल्याउने काम प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुनुपनर्ने माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी नेपाली कांग्रेस,

काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा मंगलबार बसेको सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता पाउने भएकी छन्। सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा बसेको सचिवालय बैठकले

काठमाडौँ- प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा सांसदहरूले कागजमा मात्रै सीमित नभई प्रभावकारी कार्यान्वयनमा