"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजदूत नियुक्तिका लागि आवेदन माग

प्रकाशित मिति :  29 May, 2026 11:53 am


काठमाडौँ – परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि आवेदन माग गरेको छ । आवेदन माग गरेर प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्न लागिएको यो पहिलो पटक हो । मन्त्रालयले योग्य र इच्छुकहरूले जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

राजदूतका लागि ३५ वर्ष पूरा भएको नेपाली नागारिक, न्यूनतम योग्यता स्नातक भएको, भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी/अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेकोलगायत १५ बुँदे योग्यता तोकिएको छ ।

नेपालका विदेशस्थित ४४ नियोगमध्ये हाल १७ पद खाली छन् । कतिपय राजदूतको कार्यकाल सकिन लागेकाले केही महिनाभित्रै यो सङ्ख्या बढ्न सक्ने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको