"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद केसीको माग

प्रकाशित मिति :  31 May, 2026 2:54 pm


काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गर्दै सांसद केसीले जेनजी आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरी सांसदलाई उपलब्ध गराउन आग्रह गरे।

उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा भदौ २४ गतेको घटनालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सांसद केसीले भने,‘२३ र २४ भदौको जेनजी आन्दोलनपछिको गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन औपचारिक रूपमा प्रकाशित हुन सकेको छैन। त्यसलाई सार्वजनिक गरी सांसदहरूले पाउने व्यवस्था गर्नुपर्छ। तर २४ भदौको घटनालाई उक्त प्रतिवेदनले ‘ब्ल्याकआउट’ गरेको हामीले बुझेका छौँ। त्यस दिन देशमा भएको विध्वंसात्मक घटनाबारे निष्पक्ष छानबिनलाई तत्काल आयोग गठन गर्नुपर्छ र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि कार्यान्वयनमा लैजानुपर्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद