"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ : प्रधानमन्त्री बालेन

प्रकाशित मिति :  31 May, 2026 3:01 pm


काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई केही स्थानमा नेपालले पनि भारततर्फको भूमि प्रयोग गरेको तथ्य आफू प्रधानमन्त्री बनेपछि मात्रै स्पष्ट भएको बताएका हुन्।

‘भारतले नेपालको जग्गा मात्रै मिचेको छैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्न गर्दै भने, ‘यो कुरा म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ।’

उनले नेपाल-भारत सीमा विवादलाई आपसी अध्ययन र कूटनीतिक संवादमार्फत समाधान गर्ने बताए।  प्रधानमन्त्रीका अनुसार अनुसार दुवै देशले आआफ्नो तर्फबाट विस्तृत अध्ययन गर्ने र ऐतिहासिक तथा प्राविधिक आधारमा तथ्य पहिचान गर्ने प्रक्रिया अघि बढाइनेछ। प्रधानमन्त्री शाहले मित्रतापूर्ण ढंगले समाधान गर्नुपर्नेमा जोड दिँदै भने, ‘हामीले मिचेका छौँ, उहाँहरूले मिच्नुभएको छ भन्ने कुरा अध्ययन गरेर, बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।