"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बजेटको भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई ओलीको निर्देशन

प्रकाशित मिति :  31 May, 2022 10:04 am


काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ’, बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भने ।

चुनावमा भोट माग्ने किसिमले सरकारले बजेट ल्याएको, देशको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको र बजेट हावादारी रहेको निष्कर्ष समेत बैठकले निकालेको छ । बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिएका छन् ।

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा. दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको