"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी आमचुनाव कात्तिक-मंसिरभित्रै हुन्छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  5 June, 2022 11:02 am


काठमाडौँ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने विवाद चलिरहेका बेला प्रधानमन्त्री शेरबहादु देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने बताएका छन् ।

स्थानीय तह चुनावको परिणामले गठबन्धनका केही दलहरुबीच सम्बन्ध चिसिइरहेको र यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने भन्दै केही नेताहरुले फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् ।

यसका लागि कतिपय नेताहरुले चुनाव भएको मिति भन्दा पनि संसद्ले काम सुरु गरेको मितिबाट अहिलेको प्रतिनिधि सभाको कार्यकाल गणना हुने भन्दै तर्क गरिहेका छन् । यी सबै तर्क र प्रयासलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।

“हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । तपाईंहरुले पनि ढिलो भयो भनेर लेखिदिइहाल्नुहुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ,” शनिबार, कान्तिपुर हाफ म्याराथनु को उद्घाटनपछि कान्तिपुरसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले भने ।

उनले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताएका छन् । “जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो । यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो । मलाई विश्वास छ यो गठबन्धन रहन्छ,” उनले भने ।

उनले जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता नसकिएको उल्लेख गरे । “जे कारणले गठबन्धन बनेको हो । त्यो कारण सकिएको छैन,” उनले भने ।

गठबन्धनभित्र समस्या रहे पनि त्यस्ता समस्या समाधान हुने खालका रहेको उल्लेख गर्दै उनले समाधान गर्नका लागि दलहरुबीच छलफल गर्ने बताए । चुनावअघि गठबन्धन बनाउने विषयमा कांग्रेसभित्रै पनि खटपट थियो । अहिले त्यस्तो गठबन्धन बनाउने विषयमा पार्टीमा कुनै विवाद नरहेको देउवाले बताए ।

“पार्टीभित्र त निर्णय भएपछि भइहाल्छ नि १ डेमोक्रेटिक पार्टी हो आ(आफ्नो विचार त भइहाल्छ नि । हाम्रो पार्टीमा त्यस्तो समस्या छैन,” प्रधानमन्त्री देउवाले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको