"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णय जबर्जस्ती नगर्न गगनको आग्रह

प्रकाशित मिति :  7 June, 2022 11:00 am


कांग्रेस सांसद गगन थापाले अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग विशेष समय लिएर बोल्दै उनले इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि पोखे ।

थापाको भनाइ थियो, ‘यसको तत्काल पुनरावलोकन होस्, यसलाई सस्तो बनाइयोस् । सबैभन्दा ठूलो कुरा नागरिकलाई सास्ती दिने काम नगरियोस् । यसलाई सजिलो बनाइयोस् । पूर्वाधार तयार गरियोस्, जनशक्ति थपियोस् । नागरिक, जसले सरकारलाई मद्दत गनुपर्नेछ, उसलाई उल्टै डण्डा देखाएर ‘तिमीले एक महिनाभित्र गर’ भन्ने कुरा असम्भव छ । सरकारलाई अनुरोध छ– जबर्जस्तीलाई बन्द गरियोस् ।’

दण्ड–जरिवाना देखाएर नागरिकलाई सरकारले तर्साउने काम गरेको भन्दै थापाले आपत्ति जनाएका थिए । ‘बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनीले यो ठेक्का लियो ।

ठेक्कामा भनिएअनुसार अबको १६ महिनामा बाँकी रहेको सवारीसाधनमा प्लेट जडान गर्ने काम टुंग्याइनुपर्छ, नभए सरकारले आर्थिक दायित्व व्यहोर्नुपर्छ,’ बैठकमा थापाले भने, ‘सरकारले भनेको समयमा भनेको काम गर्न नसक्दा आर्थिक दायित्व व्यहोर्नुपर्छ भने कमीकमजोरी जसले गर्‍यो, त्यसले सजाय प्राप्त गर्ने हो कि यसको दुःख नागरिकले पाउने हो ? अबको १५ महिनामा २५ लाख सवारीसाधनमा जोड्ने भनिन्छ । दिनको पाँच हजार पाँच सयमा जोड्नुपर्छ । कसरी सम्भव छ ?’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने