"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग

प्रकाशित मिति :  २९ जेष्ठ २०७९, आईतवार १३:५४


काठमाडौं । एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे संसदमा जानकारी गराउन माग गरेका छन्। प्रधानमन्त्रीको भ्रमण राजकीय, सदभावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउन उनले माग गरेका हुन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा जानकारी मागेका हुन्। सरकारले गम्भीर विषयहरूमा समेत प्रमुख प्रतिपक्ष दलसँग परामर्श तथा सुझाव लिन र राष्ट्रिय समझदारी बनाउन छाडेकाे उनकाे आरोप छ।

‘सत्तापक्षको एउटा घटकको प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गरियोस् भन्ने तहसम्म प्रश्न उठाउने विषय सामान्य विषय होइन। सत्तागठबन्धनमा रहेको असझदारी र विवाद मात्रै हो भनेर बुझ्ने या यो भ्रमणसँग जोडिएका केही अत्यन्त महत्वपूर्ण विषयहरू छन् जससँग सत्ता घटकहरूबीच छलफल चलिरहेको छ र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो। यो विषयमा सदन अनुत्तरित रहनुहुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु,’ उनले भने।

ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा वा रक्षामन्त्रीको हैसियतमा हुन लागेको हो भन्ने पनि स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। बुधबार काठमाडौंको मूलपानीमा