"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिडिया र प्रमुख प्रतिपक्षका कुरा झुटा र भ्रामक : अर्थमन्त्री शर्मा

प्रकाशित मिति :  15 June, 2022 11:15 am


काठमाडौ । एमालेले अनधिकृत व्यक्तिको संलग्नतामा बजेट निर्माण भएको विषय संसदमा उठाएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रस्टीकरण दिएका छन् । उनले आधिकारिक ढंगले नै बजेट निर्माण भएको दाबी गर्दै मिडिया र प्रमुख विपक्षी एमालेले उठाएको कुरा झुटा र भ्रामक भएको बताए ।

‘सबै काम आधिकारिक रूपमा भएका छन् । कुनै पनि अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने झुटा र भ्रामक कुरा हुन्,’ शर्माले भने । उनले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार बजेट निर्माण भएको पनि प्रस्ट्याए ।

‘बजेट तर्जुमासम्बन्धी विषयलाई लिएर केही मिडियामा आएको विषयलाई लिएर मेरो ध्यानाकर्षण भएको छ,’ शर्माले भने, ‘नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारीभित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

बजेट तथा आर्थिक विधेयक तर्जुमाका सन्दर्भमा सचिव र राजस्वसचिव दुईजना सचिव रहेको व्यवस्था रहेको र सोहीअनुसार अर्थ मन्त्रालयमा र मातहतमा रहेका अन्य विभागीय कर्मचारीको तहमा विभिन्नस्तरमा छलफल भएर बजेट निर्माण भएको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने