"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिडिया र प्रमुख प्रतिपक्षका कुरा झुटा र भ्रामक : अर्थमन्त्री शर्मा

प्रकाशित मिति :  15 June, 2022 11:15 am


काठमाडौ । एमालेले अनधिकृत व्यक्तिको संलग्नतामा बजेट निर्माण भएको विषय संसदमा उठाएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रस्टीकरण दिएका छन् । उनले आधिकारिक ढंगले नै बजेट निर्माण भएको दाबी गर्दै मिडिया र प्रमुख विपक्षी एमालेले उठाएको कुरा झुटा र भ्रामक भएको बताए ।

‘सबै काम आधिकारिक रूपमा भएका छन् । कुनै पनि अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने झुटा र भ्रामक कुरा हुन्,’ शर्माले भने । उनले नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार बजेट निर्माण भएको पनि प्रस्ट्याए ।

‘बजेट तर्जुमासम्बन्धी विषयलाई लिएर केही मिडियामा आएको विषयलाई लिएर मेरो ध्यानाकर्षण भएको छ,’ शर्माले भने, ‘नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारीभित्र रहेर कार्य सम्पादन हुने कुरा म स्पष्ट पार्न चाहन्छु ।’

बजेट तथा आर्थिक विधेयक तर्जुमाका सन्दर्भमा सचिव र राजस्वसचिव दुईजना सचिव रहेको व्यवस्था रहेको र सोहीअनुसार अर्थ मन्त्रालयमा र मातहतमा रहेका अन्य विभागीय कर्मचारीको तहमा विभिन्नस्तरमा छलफल भएर बजेट निर्माण भएको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको