"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेका जनप्रतिनिधिहरुको २० बुँदे संकल्प जारी

प्रकाशित मिति :  18 June, 2022 3:26 pm


काठमाडौं  नेकपा (एमाले) को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे संकल्प जारी गर्नुभएको छ । काठमाडौंमा जारी अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले शासक होइन, जनताका सेवक भएर काम गर्ने, आफू नेतृत्वमा रहेका पालिकाहरु सुशासन र सदाचारको नमूना बन्ने संकल्प गर्नुभएको हो ।

संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्ने, सूचनालाई पारदर्शी र सबैको पहुँचमा लग्नेलगायतका प्रतिबद्धता संकल्पपत्रमा उल्लेख छ । एमालेको बिहीबारदेखि सुरु भएको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जनप्रतिनिधिहरुलाई दुई दिनको प्रशिक्षण कार्यक्रम सो दलले राखेको थियो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, केन्द्य्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल लगायतले पार्टी र स्थानीय तह जनप्रतिनिधिको सम्बन्ध, बजेट तथ कार्यक्रम तर्जुमा र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका विषयमा प्रशिक्षण दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको