"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेका जनप्रतिनिधिहरुको २० बुँदे संकल्प जारी

प्रकाशित मिति :  18 June, 2022 3:26 pm


काठमाडौं  नेकपा (एमाले) को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले २० बुँदे संकल्प जारी गर्नुभएको छ । काठमाडौंमा जारी अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले शासक होइन, जनताका सेवक भएर काम गर्ने, आफू नेतृत्वमा रहेका पालिकाहरु सुशासन र सदाचारको नमूना बन्ने संकल्प गर्नुभएको हो ।

संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गर्ने, सूचनालाई पारदर्शी र सबैको पहुँचमा लग्नेलगायतका प्रतिबद्धता संकल्पपत्रमा उल्लेख छ । एमालेको बिहीबारदेखि सुरु भएको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जनप्रतिनिधिहरुलाई दुई दिनको प्रशिक्षण कार्यक्रम सो दलले राखेको थियो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, केन्द्य्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल लगायतले पार्टी र स्थानीय तह जनप्रतिनिधिको सम्बन्ध, बजेट तथ कार्यक्रम तर्जुमा र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका विषयमा प्रशिक्षण दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने