"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान मान्छौ, प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा भाग लिन्छौं : रवि

प्रकाशित मिति :  21 June, 2022 5:39 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन ।

सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् । उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् ।

लामिछानेका अनुसार दलको सभापति उनी आफैं छन् । दलमा उनीसहित २१ पदाधिकारी रहेको भने पनि उनले अरु पदाधिकारीको नाम भने खुलाउन चोहनन् । उनले भने, ‘दल दर्ता प्रयोजनका लागि पदाधिकारीहरु राखेका छौं । देशले चिनेका होइनन्, देशलाई चिन्नेहरु छन् ।’

दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले आफ्नो दल प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावमा जाने बताए । उनले अघि भने, ‘प्राइमरीबाट प्रधानमन्त्रीको उम्मेदवार चुन्छौं र प्रधानमन्त्रीले आफ्नो मन्त्रीहरुको टिम बनाउँछ । त्यही लिएर हामी चुनावमा जान्छौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको