"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संविधान मान्छौ, प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा भाग लिन्छौं : रवि

प्रकाशित मिति :  21 June, 2022 5:39 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन ।

सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् । उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् ।

लामिछानेका अनुसार दलको सभापति उनी आफैं छन् । दलमा उनीसहित २१ पदाधिकारी रहेको भने पनि उनले अरु पदाधिकारीको नाम भने खुलाउन चोहनन् । उनले भने, ‘दल दर्ता प्रयोजनका लागि पदाधिकारीहरु राखेका छौं । देशले चिनेका होइनन्, देशलाई चिन्नेहरु छन् ।’

दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले आफ्नो दल प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावमा जाने बताए । उनले अघि भने, ‘प्राइमरीबाट प्रधानमन्त्रीको उम्मेदवार चुन्छौं र प्रधानमन्त्रीले आफ्नो मन्त्रीहरुको टिम बनाउँछ । त्यही लिएर हामी चुनावमा जान्छौं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने