"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

प्रकाशित मिति :  21 June, 2022 5:57 pm


काठमाडौं । विदेशमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित गर्न सत्तारूढ नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन्।

आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन र उनीहरूको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गरेका हुन्।

‘विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न आवश्यक कानून बनाउने विषयमा पनि ध्यानाकर्षण गरिएको छ। सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न कानून बनाउन परमादेश दिएको लामो समय भएको छ। अब कानून निर्माण गरेर मताधिकार सुनिश्चित गर्नुपर्छ,’ शर्माले भने, ‘यो मुद्दा कांग्रेसले विगतमा पनि उठान गरेको हो। विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्थाका लागि प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ।’

शर्माले विदेशमा रहेका नेपालीको नोट मात्र नभई अब भोट पनि चल्ने व्यवस्था गरिने बताएका छन्।

‘बाहिर रहेका नेपालीको मतदानको अधिकार सुनिश्चित गरिनुपर्छ। विदेशमा रहेका नेपालीको नोट चल्ने भोट नचल्ने? कानून बनाएर भोट चल्ने व्यवस्था गरिनुपर्दछ,’ उनले भने।

अर्का महामन्त्री गगन थापाका अनुसार निर्वाचन ऐन संशोधन गर्नका लागि छिट्टै संसदमा ऐन पेश गर्ने तयारी छ। आयोगसँग आफूहरूले विदेशमा अहिले रहेका नेपालीको मतदाता नामावली भने संकलन गरिराख्न सुझाव दिएको थापा बताउँछन्।

विदेशमा रहेका नेपालीलाई सकेसम्म प्रत्यक्षतर्फ पनि नभए समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था गर्न मिल्ने गरी कानून बनाउनुपर्ने कांग्रेसले बताएको छ।

यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै दलहरूसँग छलफल गरेर साझा धारणा बनाएपछि सरकारसँग पनि परामर्श गरेर अघि बढिने बताएका थिए।

महामन्त्री थापाले मतदाता नामावली स्थानीयस्तरमा गएर पनि संकलन गरिनुपर्ने बताएका थिए भने काठमाडौंमा मतदाता नामावली संकलन गर्ने धेरै केन्द्र बनाउनुपर्ने माग गरेका थिए।

काठमाडौंका लागि बेग्लै र बाँकी ७६ जिल्लाका लागि अरू स्थानमा केन्द्रहरू राखेर मतदाता नामावली संकलन गरिनुपर्ने उनले बताएका थिए। एकै कार्यालयमा नामावली संकलन गर्दा भिडभाड भएको गुनासो आएको थापाको भनाइ थियो।

साथै निर्वाचन आचारसंहिता व्यवहारिक बनाउनेबारे पनि कांग्रेसले आयोगलाई सुझाव दिएको छ। सबै दलहरूसँग छलफल गरेर निर्वाचन आचारसंहिता परिमार्जन गर्न पनि कांग्रेसले आयोगलाई सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार