"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एकीकृत समाजवादीका चार मन्त्रीले लिए सपथ

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार १५:३९


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का चार जना नयाँ मन्त्रीले सपथ लिएका छन्। सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेकी थिइन्। नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्ने छन्।

स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हिराचन्द्र केसीलाई प्रधानमन्त्री देउवाले सपथ खुवाएका छन्। एकीकृत समाजवादीले यसअघि मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय तीन साताअघि गरेको थियो।

यसअघि राज्यमन्त्री रहेका खापुङ यसपालि स्वास्थ्य मन्त्रीमा बढुवा भएका हुन्। सांसद नरहेका कुँवरलाई पनि एकीकृत समाजवादीले मन्त्री बनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत