"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली पहिलो पटक देउवा र प्रचण्ड सँग छलफल गर्न बालुवाटार जाँदै

प्रकाशित मिति :  २३ माघ २०७८, आईतवार १६:०१


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न बालुवाटार जाँदैछन्।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते लावालस्करसहित बालुवाटार छोडेका ओली त्यसयता फर्किएका थिएनन्। ओलीलाई देउवाले बालुवाटारमा निम्तो नदिएका भने होइनन्। यो बीच दुई पटक देउवाले बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।

ती दुबै बैठक सबै दलका प्रमुखहरूलाई बोलाइएको भए पनि एमाले अध्यक्ष ओली आफू पनि गएनन् न त पार्टीको तर्फबाट कोही प्रतिनिधि पठाए।

एमाले संसदमा निरन्तर अवरोध गरिरहने र सर्वदलीय बैठकको छलफलमा पनि सहभागी नहुने भएपछि प्रधानमन्त्री देउवाले ओलीसँग एक्लै कुराकानी गरेका थिए। पुस २४ गते देउवा आफैं ओली निवास बालकोट पुगेका थिए।

देउवा बालकोट पुगेको एक महिनापछि ओली आज बालुवाटार आउन राजी भएका हुन्।

समसामियक विषयमा छलफल गर्न भनेर देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाएका हुन्।

प्रचण्ड र ओलीलाई बालुवाटार बोलाए पनि देउवाले सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने बोलाएका छैनन्।

नेपाल सहभागी बैठकमा ओली नआउने भएकैले देउवाले यस्तो गरेका हुन्।

‘अध्यक्षज्युलाई समसामयिक विषयमा तीन नेताबीच छलफल गर्ने भनेर खबर गरिएको छ। अरूलाई किन नबोलाइएको भनेर हामीलाई थाहा हुने कुरा भएन,’ एमालेका एक नेताले भने,‘माधव नेपालको पार्टीलाई हामीले मान्यता दिएको छैन। नेपाल समूहलाई हेर्ने हाम्रो घोषित नीति सार्वजनिक नै छ नि!’

एकीकृत समाजवादीका उपमहासचिव जगनन्नाथ खतिवडाले माधव नेपाललाई नबोलाइनुलाई आफूले सामान्य रूपमा लिएको बताए।

विसर्जनवादीको मुख एकीकृत समाजवादीले नहेर्ने अनि विद्रोहीको मुख एमालेले नहेर्ने भएकाले यस्तो गरिएको हुन सक्ने उनले बताए।

संसद अवरोधकै कारण अहिलेको गतिरोध भएकाले संसद सुचारू गर्नकै लागि बालुवाटारमा छलफल गरिएको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राजधानीमा भइरहेका विभिन्न प्रदर्शन, प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी

काठमाडौँ – आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता प्रयास असफल भएको छ। वार्ता प्रयास असफल भएपछि शिक्षकहरू आन्तरिक छलफलमा जुटेका छन्। छलफलमा