"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डलाई घनश्यामको जवाफ : सोचे जस्तो माओवादीको बीऊ अब उम्रिँदैन

प्रकाशित मिति :  29 June, 2022 4:23 pm


काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध बनाउँदै लैजाने बताएका छन्।एकअर्कालाई गाली गरेर कम्युनिष्टहरूले राम्रो नगरेको उनले बताए।

‘हुन त आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ- हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ,’ कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा आज बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैन।’

आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू एकीकृत र केन्द्रीकृत गर्न नेकपा एमालेमा माओवादीको बीऊ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए।

भुसालले रैथाने बीऊलाई हाईब्रिड बनाउनुपर्ने बताए। ‘धेरै बीऊ मध्येबाट हाईब्रिड बनाउँदै धेरै उत्पादन हुने बीऊ बनाउनुपर्दछ। कमरेड प्रचण्डले के भुल्नुभयो भने त्यो माओवादीको बीऊ, एमालेको बीऊ अब चल्दैन। नेकपा एउटा हाइब्रिड थियो, हाम्रो वुद्धि पुगेन त्यो बीऊको भकारीमै आगो लगायौं,’ भुसालले भने।

उनले हाईब्रिड बीऊबाट एकीकृत कम्युनिष्ट पार्टी बनाउन सकिने पनि बताएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको