"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डलाई घनश्यामको जवाफ : सोचे जस्तो माओवादीको बीऊ अब उम्रिँदैन

प्रकाशित मिति :  29 June, 2022 4:23 pm


काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध बनाउँदै लैजाने बताएका छन्।एकअर्कालाई गाली गरेर कम्युनिष्टहरूले राम्रो नगरेको उनले बताए।

‘हुन त आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ- हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ,’ कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा आज बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैन।’

आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू एकीकृत र केन्द्रीकृत गर्न नेकपा एमालेमा माओवादीको बीऊ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए।

भुसालले रैथाने बीऊलाई हाईब्रिड बनाउनुपर्ने बताए। ‘धेरै बीऊ मध्येबाट हाईब्रिड बनाउँदै धेरै उत्पादन हुने बीऊ बनाउनुपर्दछ। कमरेड प्रचण्डले के भुल्नुभयो भने त्यो माओवादीको बीऊ, एमालेको बीऊ अब चल्दैन। नेकपा एउटा हाइब्रिड थियो, हाम्रो वुद्धि पुगेन त्यो बीऊको भकारीमै आगो लगायौं,’ भुसालले भने।

उनले हाईब्रिड बीऊबाट एकीकृत कम्युनिष्ट पार्टी बनाउन सकिने पनि बताएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने