"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वतन्त्र उम्मेदवारको एलाइन्स बनाउने प्रस्ताव (पूर्णपाठ सहित )

प्रकाशित मिति :  2 July, 2022 5:14 pm


काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ ।

अभियानका संयोजक डम्बर साहुले शनिबार एक अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाच वर्षका लागि खुला तर संगठित दबाव समूहका रुपमा एउटा एलायन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव गरेका हुन् ।

उनले एलाइन्समार्फत प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन् ।

‘अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौं, यो एलाइन्स मार्फत मिसन १६५ सचालन गरौं’ अवधारणापत्रमा भनिएको छ ।

देशैभरी १६५ संघीय निर्वाचन क्षेत्र र ३३० पदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय गर्ने सहजीकरण गर्ने र उनीहरुको भूमिका हेरेर केन्द्रीय एलाइन्समार्फत सघाउने नीति लिनुपर्ने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

‘स्वतन्त्र उम्मेदवार बन्नेजति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न सकिदैन । तसर्थ भेलाले आगामी चुनावमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोस मापदण्ड बनाउनुपर्छ’ अवधारणापत्रमा संयोजक साहुले भनेका छन् ।

स्वतन्त्र उम्मेदवारी समूहले उम्मेदवारको १३ वटा मापदण्ड पनि बनाएको छ ।

  • हेर्नुहोस् अवधारणापत्रको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको