"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दैनिक २ हजार नेपाली रोजगारीका लागि विदेशिंदै

प्रकाशित मिति :  3 July, 2022 2:06 pm


काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक असौत २ हजार नेपालीहरु रोजगारीका लागि विदेश उडरिहेका छन् ।

वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा विदेशिने नेपालीको संख्या ६२ हजार ३४९ जना पुगेको छ ।

वैशाख महिनामहिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ मात्रै थियो । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।

वैशाखमा दैनिक औसत १ हजार ५ सय जना विदेश गएकोमा जेठमा त्यो संख्या औसत २ हजार नाघेको छ । गत जेठ महिनामा ३४ हजार ८०७ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका थिए भने बाँकीले पुरानै श्रम स्वीकृति नवीकरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।

काठमाडौं – सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको