"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दैनिक २ हजार नेपाली रोजगारीका लागि विदेशिंदै

प्रकाशित मिति :  3 July, 2022 2:06 pm


काठमाडौं । गत जेठ महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या बढेको छ । वैशाखको तुलनामा जेठमा १७ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । दैनिक असौत २ हजार नेपालीहरु रोजगारीका लागि विदेश उडरिहेका छन् ।

वैशाखमा चैतको तुलनामा कामका लागि विदेशिने नेपपालीको संख्या साढे १० हजार जनाले घटेको थियो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा विदेशिने नेपालीको संख्या ६२ हजार ३४९ जना पुगेको छ ।

वैशाख महिनामहिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ मात्रै थियो । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।

वैशाखमा दैनिक औसत १ हजार ५ सय जना विदेश गएकोमा जेठमा त्यो संख्या औसत २ हजार नाघेको छ । गत जेठ महिनामा ३४ हजार ८०७ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका थिए भने बाँकीले पुरानै श्रम स्वीकृति नवीकरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०

काठमाडौँ – गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम

काठमाडौं – सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख दिने निर्णय गरेको छ

काठमाडौँ – विश्वकप लिग टूमा आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाका लागि ४८ खेलाडीलाई प्रारम्भिक छनोट गरिएको छ। नेपाल क्रिकेट संघ