"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छलफललाई निरन्तरता दिने शीर्ष पाँच नेताको सहमति

प्रकाशित मिति :  4 July, 2022 4:55 pm


काठमाडौं। तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता भएको छ। साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ। 

ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी दिनुभयो। 

भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उहाँको भनाइ छ। पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको उहाँले प्रष्ट पार्नुभयो। 

‘‘भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको  गठबन्धन आदि विषयमा छलफल भएको छ’’, दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘‘नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।’’   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको