"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दलहरुबीच सहमति र सहकार्यको कुरा अहिले पनि सान्दर्भिक  : प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  5 July, 2022 2:31 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् ।

तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भन्ने गरेको स्मरण गर्दै देउवाले सहमति र सहकार्यको कुरा अहिले पनि सान्दर्भिक रहेको बताए ।

मोरङको विराटनगरमा रहेको भवनलाई स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यो काममा सरकारले सहयोग गर्ने वचन पनि दिए ।

स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन दलहरुबीच देखिने राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाभन्दा अगाडि बोलेका कांग्रेस उपाध्यक्ष धनराज गुरुङले गठबन्धन सरकारमा समस्या आएको भन्दै आगामी चुनावसम्म पनि गठबन्धन कायम राख्नुपर्ने बताएका थिए ।

गुरुङको सोही भनाइमा कांग्रेस सभापति देउवाले भने, ‘धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई सामान्य रुपमा लिनुपर्छ । तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’ एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै देउवाले गठबन्धन सरकारमा समस्या हुनु सामान्य भएको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘मोरङ, विराटनगरमा एउटा उहाँको (गिरिजाप्रसाद कोइरालाको) भवन छ त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र ? हामी यसमा सहयोग र पहल गर्ने नै छौं ।’

प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालयमा ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष स्व. नेता गिरिजाप्रसाद कोइरालाको अर्धकदको शालिक अनावरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको