"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरौँ : कांग्रेस उपसभापति खड्का

प्रकाशित मिति :  6 July, 2022 10:37 am


काठमाडौँ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण भएको विषयलाई संसदीय समितिमार्फत छानबिन गरिनुपर्ने बताएका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे र अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाइएकोबारे व्यापक विरोध भइरहेका बेला प्रधानमन्त्रीनिकट मानिने कांग्रेस उपसभापति खड्काले विगतका परम्परामा टेकेर संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

उपसभापति खड्काले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद् र आमजनमानसको गम्भीर चासो विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ। विगतमा पनि संसद्को यस्तो परम्परा छ । बरु ढिलो नगरौँ संसद्‍बाट आजै संसदीय समिति निर्माणको टुंगो लगाऔं ।’

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको