"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित

प्रकाशित मिति :  २७ असार २०७९, सोमबार १८:०५


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या सदनमा उपस्थित नहुँदा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठकमा गणपूरक संख्या ७९ हुनुपर्नेमा ६१ मात्रै भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सोमबारको बैठकमा ६१ जना मात्रै सांसद उपस्थित रहेका थिए । एमाले सांसद भूपेन्द्र थापाले बैठकमा गणपूरक संख्या भएको भन्दै गणना माग गरेका थिए । त्यसलगत्तै सभामुख सापकोटाले गणना गर्दै बैठक स्थगित गरेका हुन् । यसअघि असार १२ गते पनि गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको छ ।

संसद्‌मा गणपूरक संख्या भनेको एक चौथाइ मात्र हो । दुई सय ७५ सांसद भएको सभामा ६९ सांसद पनि उपस्थित नभएकाले सोमबार बैठक नै स्थगित गर्नुपरेको छ । सोमबारको बैठकमा रेल्वे विधेयक पेस गर्नेलगायतको कार्यसूची थियो ।

संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेता नै लगातार अनुपस्थित हुने गरेका छन् । धेरै अनुपस्थित हुनेमा प्रधानमन्त्री देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि