"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बैठक : आगामी चुनावमा गठबन्धन नगर्न देउवालाई सुझाव

प्रकाशित मिति :  12 July, 2022 9:52 am


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनपक्षकै नेताहरुले संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका छन् । सोमबार सुरु भएको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गुरु बराल र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गठबन्धन गर्न नहुने मत राखेका हुन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको थियो । कांग्रेसभित्र नेता शेखर कोइराला पक्षले गठबन्धनको विपक्षमा मत राख्दै आएको छ, तर सभापति शेरबहादुर देउवा पक्षकै नेताहरुले पनि गठबन्धनको विपक्षमा मत राखेका हुन् ।

सातै प्रदेशका सभापतिहरुलाई आमन्त्रित केन्द्रीय सदस्यका रुपमा बोलाइएको बैठकमा बोल्ने क्रममा बलायरले सुदूरपश्चिममा कांग्रेस एक्लै लड्न तयार रहेको बताए । ‘गठबन्धनका अरु दलले आफ्नो शक्ति भन्दा बढी हैसियत खोज्छन् । उनीहरुको शक्ति बढाउन कांग्रेसले गठबन्धन किन गर्ने ?’ डोटीका नेता बलायरले बैठकमा भने ।

नेता बरालले सैद्धान्तिक विचार फरक रहेका शक्तिसँग तालमेल गर्दा कांग्रेसको नैतिक धरातल कमजोर हुने बताए । ‘सैद्धान्तिक रुपमा फरक फरक विचारका छौं । कांग्रेस आफ्नै बलमा पनि लड्न सक्छ । तालमेल गर्नुअघि धेरै विचार पुर्‍यायौं’ बरालले बैठकमा भने ।

सोमबार नै बैठकमा धारणा राखेका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता कार्यकर्ता गठबन्धनप्रति सकारात्मक नभएको दाबी गरे । पार्टीमा फरक मत राख्ने कार्यकर्तालाई वडा तहदेखि केन्द्रसम्म अन्याय गरिएको भन्दै उनले सभापति देउवाको आलोचना गरे ।

‘नेतृत्वमा रहेकाले आफूलाई मत नहालेकालाई पनि न्याय हुने संस्कृतिको विकास गरियोस् । विधि, विधान भन्दा माथि हामी कोही छैनौं । पार्टी विधिसम्मत चल्नु पर्‍यो पार्टी सबैको हुनुपर्‍यो’ शेखरले भने ।

स्थानीय तहको निर्वाचनका क्रममा पराजयको दोष लगाएर कतिपय जिल्लामा पूर्वाग्रही ढंगले कारवाहीको सिफारिस गरेर जिम्मेवार नेताहरुको मानमर्दन गरिएको भन्दै शेखरले विरोध जनाए ।

स्थानीय तहको निर्वाचनमा केन्द्रबाट नै उम्मेदवार छनोट गरेर मातहतको संरचनाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको पनि शेखरले बताए । महाधिवेशनको समयमा सत्ताको दुरुपयोग गरी आफ्नो निगरानी गरिएको भन्दै उनले आपत्ति जनाएका थिए ।

शेखर पक्षका केन्द्रीय सदस्य दिनेश कोइरालाले कारबाही गरिएका चितवनका नेता तथा कार्यकर्ताको कारबाही फिर्ता गर्न माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार