"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत भ्रमण महत्वपूर्ण छ, छिट्टै चीन भ्रमणमा पनि जादै छु : प्रचण्ड

प्रकाशित मिति :  15 July, 2022 2:19 pm


 काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू छिट्टै चीनको भ्रमणमा पनि जाने बताएका छन् ।

तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले छिट्टै चीन भ्रमणमा पनि जाने बताएका हुन् ।

प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिए । ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’ उनले भने, ‘र मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु ।’

उनले यसअघि भारतीय राजदूतसँग कुरा हुँदा उपयुक्त समयमा भारत भ्रमण हुने बताएको जस्तै अहिले पनि चीनसँग कुरा भएको बताए । उनले अगाडि थपे, ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको