"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बैठक : सभापति देउवा र महामन्त्री विच सवाल जवाफ

प्रकाशित मिति :  17 July, 2022 9:56 am


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई एकस्वरमा चेतावनी दिएका छन् ।

शनिबारको केन्द्रीय समिति बैठकमा दुई महामन्त्रीले एकस्वरमा देउवालाई चेतावनी दिँदै अब आफूहरु चुप लागेर नबस्ने बताएका हुन् ।

उनले आफूहरुलाई अझै पनि पाखा लगाउने प्रयास गरिए र घेराबन्दीको प्रयास जारी राखे राखे चुप लागेर बस्न नसकिने चेतावनी दिएका हुन् ।

उनीहरुले सभापतिको बचाऊ गर्ने नाममा आफूहरुको आलोचना गर्ने केन्द्रीय सदस्यहरुलाई पनि परिस्थितिको मूल्यांकन गर्न चेतावनी दिएका छन् ।

नेतृत्वलाई सच्याउने नाममा अघि बसेर घण्टी नबजाउन उनीहरुले चेतावनी दिएका थिए ।

“हामी पनि निर्वाचित महामन्त्री हौं, यो कुरा सभापतिज्यूले ख्याल गर्नुस्,” महामन्त्री थापाको भनाई थियो, “अझै पनि भित्तामा पु¥याउने र घेराबन्दी गर्ने हो भने ख्याल गर्नुस्, त्यसको परिणाम राम्रो आउने छैन ,”

सभापतिलाई खुसी बनाउन गरिने कुराले पार्टी र सभापतिलाई नै पनि फाइदा नहुने उनले बताए । वर्तमान सरकारको कामले आउँदो निर्वाचनमा कांग्रेसले मत पाउने स्थिति नभएको उनको तर्क छ ।

“हिजो सरकार कसरी चलाउनुपर्छ ओलीलाई भन्यौँ, तर आज कसरी चलेको छ, देखिरहेका छौँ । अझै कति रक्षा गर्ने सरकारको ? हामीलाई हिजो हामीले उठाएको प्रश्नले लखेट्छ,” उनले भने, “त्यसको प्रतिरक्षा गर्न सकिँदैन ।”

उनले कांग्रेसले अर्थ मन्त्रालय नलिनु गलत भएको पनि बताए । “अर्थ मन्त्रालय नलिनु गलत भयो । मन्त्रालयमा ठूलो विकृति छ,” उनले भने ।

अबको एक साताभित्र भ्रातृसंगठन र विभाग सबैको टुंगो लगाउनुपर्नेमा उनले जोड दिए । उनले गुटको बैठकमा सहभागी भएको भनेर गरिएको आलोचनाको पनि बचाउ गरे ।

अर्का महामन्त्री शर्माले पनि अहिले नेतृत्वको प्रशंसा गर्ने नाममा घण्टी नबजाउन आग्रह गरेका हुन् ।

“हामीले ६ महिनामा विभाग बनाऔँ भनेको सहयोग हो कि असहयोग ?,” उनको टिप्पणी थियो, “हजारौं युवा जिम्मेवारीविहीन छन् पूर्णता दिऔँ भनेको असहयोग हो ?”

उनले पदाधिकारीको कार्यविभाजन गर्ने अधिकार सभापतिमा निहीत छ त्यो गरौँ भनेर आग्रह गरेको पनि असहयोग हो ? भन्दै प्रश्न गरेका थिए ।

उनले नेतृत्वसँग विमती राख्नेहरुले होटलमा भेला गर्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने फरक कुरा भएको टिप्पणी गर्दै जसले नेतृत्वको प्रशंसाको नाममा घण्टी बजाइरहेको छ त्यसले पार्टीलाई राम्रो नगर्ने बताए ।

“एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउनेगरी बोल्नैपर्छ ?,” उनको धारणा थियो, “नेतृत्वको प्रसंसा गर्ने नाममा ऊँ जय जगदिश हरे भन्दै घण्टी नबजाऔँ । आलोचना गर्ने नाममा डण्डी पनि नचलाऔँ ।”



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार