"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै (कार्यसूची सहित)

प्रकाशित मिति :  20 July, 2022 10:54 am


काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे शुरू हुनेछ।  आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।

राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रिय सभामा उत्पत्ति भएको महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछिन्।

यस्तै मन्त्री रेग्मीले राष्ट्रिय सभामा उत्पत्ति भएको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले “ग्लोबल ग्रिन ग्रोध इस्टिच्युटको सहभागितामुलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

उनले ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

त्यस्तै आज १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रसताव प्रस्तुत गर्ने कार्यतालिका छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद