"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग

प्रकाशित मिति :  20 July, 2022 7:31 pm


?????????????????????????????????????????????????????????

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने जानकारी दिए ।

‘हामीले म्याद थपका लागि सभामुख आग्रह गर्ने भएका छौं’ कर्णले भने, ‘कति दिन भन्ने विषयमा सभामुखको सभामार्फत् जानकारी दिनु होला ।’

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको आरोप लागेपछि सभामुख सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । त्यसैदिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । समितिलाई काम सुरु गरेको मितिबाट १० दिनको समय तोकिएको थियो । असार २८ गते काम सुरु गरेको समितिको कार्यकाल बिहीबार सकिदैछ ।

समितिले बुधबार पूर्व अर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल गरेका थिए । त्यसैगरी बिहीबार बिहान ८ बने पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ । हालसम्म समितिले अर्थमन्त्रालय पुगेर घटनाको बारेमा जानकारी लिएको थियो । समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसैगरी बजेट निर्माण कार्यमा संलग्न रहेका अर्थमन्त्रालयका अधिकारीहरुसँग जेठ १४ गतेको घटनाको बारेमा जानकारी लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार