"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहामा लागेको पोखरेलको आरोप

प्रकाशित मिति :  20 July, 2022 7:54 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो ।

काठमाडौंमा बुधबार आयोजित अनलाइन समाचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक नभएको तर्कसमेत गरे । ‘जति साना दलहरु मुलुकको राजनीतिमा हाबी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । आज के देखिन्छ–तेस्रो/चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौतारिराखेको सुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ?,’ महासचिव पोखरेलले भने, ‘१२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन । प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ?’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए । उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेको भन्दै आपत्तिसमेत जनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने