"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहामा लागेको पोखरेलको आरोप

प्रकाशित मिति :  20 July, 2022 7:54 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको आरोप लगाएका छन् । १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो ।

काठमाडौंमा बुधबार आयोजित अनलाइन समाचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै उनले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक नभएको तर्कसमेत गरे । ‘जति साना दलहरु मुलुकको राजनीतिमा हाबी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन । आज के देखिन्छ–तेस्रो/चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौतारिराखेको सुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ?,’ महासचिव पोखरेलले भने, ‘१२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन । प्रधानमन्त्री खोज्न देश/विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ?’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए । उनले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेको भन्दै आपत्तिसमेत जनाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको