"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनावपछि देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति :  22 July, 2022 7:03 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष बताएका हुन् । माओवादी पुनः एकपटक पुन:स्थापित हुने दाबी गर्दै माओवादी पार्टी पुनः स्थापित हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन नसक्ने उनको भनाइ छ । अध्यक्ष दाहालले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता/कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए ।

‘हाम्रै जोडबलमा आज नागरिकताबारे निर्णय हुँदैछ । आन्दोलनमा खेलेको भूमिकालाई कतै कमजोर हुन दिने छैन । नेपालमा विभेदमा भएका,पछि परेका वर्ग, समुदायको उत्थानका लागि नै माओवादीको आन्दोलन सुरु भएको हो । कहीँ न कहीँ एउटा निकै ठूलो डिजाइनअन्तर्गत माओवादीको बारेमा भ्रम छर्ने कुचेष्टा गरियो । माओवादीको आन्दोलनलाई कतै म कमी आउन दिनेछैन । पार्टी प्रवेश कार्यक्रमले सिंगो देश र मधेसमा बलियो सन्देश प्रवाहित भएको छ,’ उनले भने ।

त्यस्तै मधेसका सबैको हक अधिकार र पहिचानका लागि पार्टीले भूमिका खेलेको पनि उनले बताए । ‘मधेसका सबैको हक, अधिकार र पहिचाको लडाइँ राष्ट्रिय रूपमा स्थापित गर्ने पार्टीमा जुन बुझाइ रहेछ त्यसले मलाई खुसी बनाएको छ । पर्सामा माओवादी पार्टी कमजोर छ । तर अब एकपटक फेरि पुनःस्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनःस्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन,’ उनले भने ।

अध्यक्ष दाहालले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद्‍बाट नागरिकताबारे निर्णय हुन लागेको बताए । यसअघि भारत भ्रमणका क्रममा नयाँदिल्लीमा दाहालले कान्तिपुरसँगको कुराकानीमा आगामी निर्वाचनपछि बन्ने सरकारमा ‘आलोपालो प्रधानमन्त्रीबारे एउटा विन्दुमा छलफल हुने’ बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको