"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठक : गणपूरक संख्या नपुगेपछि विधेयक पास गर्नै हैरान

प्रकाशित मिति :  24 July, 2022 6:01 pm


काठमाडौं । प्रतिनिधिसभाको बैठकप्रति सांसदहरुको अरुची देखा परेको छ । धमाधम विधेयकहरुमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रिया अगाडि बढिरहेका बेला पछिल्लो समय सांसदहरु भने बैठकमै जान छाडेका छन् ।

विधेयकमाथिको छलफलमा भाग लिने, सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सकिएपछि प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद झपट रावल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्य सांसदहरुले भन्दा अलि बढी नै पटक गणपुरक संख्याको विषय उठाउने गरेका छन् ।

विधेयक निर्णयार्थ पेश गर्नै लाग्दा उठ्ने यस्ता गणपुरक संख्याको प्रश्नले बैठकप्रति सांसदहरुको रुची कस्तो छ ? भन्ने दखाउँदछ । हरेक दिन जसो बैठकमा गणपुरक संख्या नपुगेपछि सभामुख अग्नि प्रसाद सापकोटा पनि हैरान भएका छन् । विगतमा गणपुरक संख्याको माग हुँदा यति उपस्थित हुनुपर्नेमा यति मात्रै उपस्थित भएकाले गणपुरक संख्या नपुगेर बैठक स्थगित गर्ने गरेका सभामुख सापकोटाले आइतबार गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक स्थगित गर्दा उपस्थित सांसदहरुको संख्या नै सुनाएनन् ।

कारागार सम्बन्धी विधेयकमाथि छलफल सकिएर निर्णयार्थ पेश हुन लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या यकिन गर्न माग गरे । ३ मिनेट घण्टी बजाएर गणपुरक संख्या यकिन गर्दा नपुगेपछि सभामुखले पनि ‘गणपुरक संख्या नपुगेकाले’ भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरिदिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा गणपुरक संख्या पुग्न एक चौथाइ अर्थात, ६९ सांसद आवश्यक पर्दछ । ६९ जना सांसद पनि उपस्थित नहुँदा सभामुखलाई विधेयक पारित गराउन पनि हैरान भएको सभामुखकै सचिवालयका कर्मचारीहरु बताउँदछन् ।

सभामुख सापकोटको प्रेस विज्ञ श्रीधर न्यौपाने भन्छन् ‘सभा सञ्चालनमा जसरी जानु पर्ने हो त्यसरी जान र सभालाई गतिशील बनाउन सभामुख र उपसभामुख दुवैलाई अप्ठ्यारो पारेकै छ ।’

बहुमत सांसद संसदमा अनुपस्थित रहँदा नियमित उपस्थित हुने सांसदहरुलाई पनि तलब भत्ता खान मात्रै सांसदहरु बैठकमा पुग्छन् भनेर नागरिकले सबैलाई एउटै नजरले हेर्ने दृष्टिकोण बनिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी