"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वच्छ पत्रकारिता गर्न प्रधानमन्त्री देउवाको आग्रह

प्रकाशित मिति :  27 July, 2022 12:36 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको बताएका छन् । नागरिक शिक्षित र सुसूचित भएमात्रै सरकार जिम्मेवार बन्नसक्ने बताउँदै उनले त्यसका लागि सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी रहेको बताए ।

राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित कार्यालय भवनको बुधबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नागरिक जति सुसुचित हुन्छन् सरकार त्यति नै जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरेर सञ्चारमाध्यमहरुले सत्य तथ्य सूचना प्रसारण गर्न जरुरी छ ।’ सत्य तथ्य सूचना प्रसारण गर्न सकेमात्र लोकतन्त्र संस्थागत हुने उनले बताए ।

तथ्यहीन, भ्रामक समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकहरुमा भ्रम सिर्जना हुने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार हुने भएकोले स्वच्छ पत्रकारिताको विकास गर्न आवश्यक रहेको प्रधान्मन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले समाचार सम्प्रेषण जस्तो संवेदनशील विषयमा सबैले जिम्मेवार भएर काम गर्न जरुरी रहेको भन्दै वर्तमान सरकार नागरिकताको सूचनाको अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले प्रेस स्वतन्त्रताबाट मात्रै नागरिकको हक अधिकारको पूर्ण सुनिश्चितता हुने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको