"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी चुनावसम्म अहिलेकै गठबन्धन अघि बढ्छ : प्रचण्ड

प्रकाशित मिति :  28 July, 2022 3:58 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन्।

पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनसम्म यही गठबन्धन अघि बढ्ने बताएका हुन्।

उनले विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको बताए।

पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने भनेर बैठकमा प्रचण्डले एजेण्डा राखेका छन्। पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने एजेण्डा समेत उनले राखेका छन्।

आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेको र बैठकका एजेण्डा राखेको स्थायी कमिटी सदस्य राम कार्कीले बताए।

स्थायी कमिटी बैठक शुक्रबार बिहान ८ बजे पनि बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने