"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आगामी चुनावसम्म अहिलेकै गठबन्धन अघि बढ्छ : प्रचण्ड

प्रकाशित मिति :  28 July, 2022 3:58 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन्।

पार्टी मुख्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनसम्म यही गठबन्धन अघि बढ्ने बताएका हुन्।

उनले विचार मिल्ने वामपन्थी पार्टीहरूका बीचमा समेत सहकार्यका लागि प्रयास भइरहेको बताए।

पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने भनेर बैठकमा प्रचण्डले एजेण्डा राखेका छन्। पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने एजेण्डा समेत उनले राखेका छन्।

आजको बैठकमा प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेको र बैठकका एजेण्डा राखेको स्थायी कमिटी सदस्य राम कार्कीले बताए।

स्थायी कमिटी बैठक शुक्रबार बिहान ८ बजे पनि बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको