"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मेहनत गरे एकल बहुमतको सरकार बनाउन सक्छौं : ओली

प्रकाशित मिति :  5 August, 2022 3:07 pm


काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताएका छन् ।

आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले बताए ।

काठमाडौंमा आज भएको कार्यक्रमा उनले भने, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्‍यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्‍यो ।’

एमाले अध्यक्ष ओलीले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको बताए । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, उनले भने, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’

ओलीले उपयुक्त सरकार बनाउने चुनौती हाम्रो सामू रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने