"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विचार मिल्ने राजनीतिक शक्तिसँग तालमेल हुन्छ : नेता भट्टराई

प्रकाशित मिति :  6 August, 2022 9:31 pm


काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन्।

शनिबार ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा उनले यस्तो धारणा राखेका हुन्। जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भिर छलफल गरी पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने बताए।

‘निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ। र, जनताको मुद्दाहरुलाई, जनताका विषयवस्तुहरुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नुछ। यी सबै विषयहरुमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौं,’ उनले भने।

नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको