"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विचार मिल्ने राजनीतिक शक्तिसँग तालमेल हुन्छ : नेता भट्टराई

प्रकाशित मिति :  6 August, 2022 9:31 pm


काठमाडौं । नवगठित नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने बताएका छन्।

शनिबार ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समितिको प्रथम बैठकमा उनले यस्तो धारणा राखेका हुन्। जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भिर छलफल गरी पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिने बताए।

‘निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ। र, जनताको मुद्दाहरुलाई, जनताका विषयवस्तुहरुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नुछ। यी सबै विषयहरुमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौं,’ उनले भने।

नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वाससमेत व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने