"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यदलको पहिलो बैठक : संयोजकमा सिटौला

प्रकाशित मिति :  9 August, 2022 11:27 am


सत्तारुढ गठबन्धनको कार्यदल बैठकको फाईल फोटो

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठित कार्यदल बैठकले संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तोकेको छ।

सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदल बैठकले सिटौलालाई संयोजक बनाउने निर्णय गरिएको हो।

कार्यदलको अर्को बैठक साउन २६ मा बस्ने निर्णय भएको छ। यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुई-दुई जना सदस्य छन्। यसअघि स्थानीय चुनावमा पनि सत्ता गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँट गरेका थिए।

गठबन्धनले पाँच वटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो।  कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ छन्।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने