"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठक जारी, यी कार्यसुची माथी छलफल हुदै

प्रकाशित मिति :  9 August, 2022 1:29 pm


काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।  मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यक्रम रहेको छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिला गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

कार्यसूची अनुसार सांसद विन्दा पाण्डेले ‘‘दोस्रो जनआन्दोलन २०६२–०६३ ले स्थापित गरेको समावेशी समानुपातिक सहभागिताको विषयलाई नेपालको संविधानले पनि स्वीकार गरेको परिवेशमा संविधान कार्यान्वयनमा आएको ६ वर्ष वितिसक्दा पनि महिलाको उल्लेखनीय सहभागिता नभएकोले आगामी प्रदेश सभा र सङ्घीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकाले’’ भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गराउनुहुने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी