"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने, प्रधानमन्त्रीको दावी नगर्ने

प्रकाशित मिति :  10 August, 2022 12:33 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।

जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए पनि आफू चितवनबाटै उम्मेदवारी दिने बताएका हुन् ।

‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु’ उनले भने, ‘बरु तपाईंहरु जापानमा रहने साथीभाइहरुले पनि सहयोग गर्नुहोला ।’

देशको केन्द्रविन्दुमा रहेको र विकासको तीब्र गतिमा जाने सम्भवना भएकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको प्रचण्डले बताए ।

‘मलाई चुनाव लड्नपर्‍यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ’ उनले भने, ‘साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’

प्रधानमन्त्रीको दौडमा छैन

प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा भने नरहेको स्पष्टीकरण दिए । राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन आफ्नो भूमिका भए पुग्ने उनले बताए ।

‘प्रधानमन्त्री बन्ने अफर मलाई धेरै आयो २०७४ पछि आयो, म प्रधानमन्त्रीको रेसमा छैन भनेँ मैले’ उनले भने, ‘अहिले पनि (प्रधानमन्त्रीको प्रस्ताव) छ, तर म प्रधानमन्त्रीको रेसमा छैन ।’

चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको भन्दै प्रचण्डले भने, ‘म त्यस्तो छिनाझपटीमा छैन । म दुईचोटी प्रधनमन्त्री भइसकेको छु । मेरो चाहना देशमा सुशासन र विकासको वतावरण बनोस् भन्ने छ । त्यसमा योगदान गर्न मन छ । एकचोटी जीवनको बाँकी अवधि देशको विकासमा नयाँ मोडल दिन मन छ ।’

भौतिक पूर्वाधार विकास र विद्युतीकरणलाई तिब्रता दिएर कृषि र कृषिमा आधारित उद्योगमार्फत देशलाई ८–१० वर्षभित्रमा विकासको नयाँ युगमा लान सकिन्छ भन्ने सपना देखेको उनले बताए ।

‘यो सपना देख्नु प्रधानमन्त्री बन्न हतारो गरेको भनेर बुझिन्छ भने यति ठूलो राजनीतिक परिवर्तनमा माओवादीले खेलेको भूमिका, प्रचण्डको भूमिकालाई मिनिमाइज र बदनाम गर्ने चाल मात्र हो’ उनले भने, ‘म अहिले रेसमा चाहिँ छैन ।’

प्रचण्डले अघि भने, ‘अब विकास निर्माण र सुशासनको नेतृत्व गर्ने इच्छा छ । यो भनेको प्रधानमन्त्री बन्न खोज्यो भन्ने विल्कुल प्रचार नगरिदिनुहोला ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने