"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  11 August, 2022 12:42 pm


काठमाडौं । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले बताए ।

बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ ।

आसन्न निर्वाचनमा नेकपा एमालेले सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्न सक्ने जनाएको छ । निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ताको काम सकिसकेको छ ।

सत्ता गठबन्धनका पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गरिसकेका छन् । उनीहरुले ११ सदस्यीय कार्यदल गठन गरी सिट बाँटफाँटको गृहकार्य गर्दै आएका छन् । कार्यदलको दोस्रो औपचारिक बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने