"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युवामा शैक्षिक बेरोजगारीको अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  12 August, 2022 3:25 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवामा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो प्रतिबद्ध व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध हुनुपर्ने आवश्यक छ । सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषद्ले पाएको छ ।’’

प्रधानमन्त्रीले युवा वर्गमा मुलुक भित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभयो ।

सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।

उहाँले भन्नुभयो, ‘‘परिषद्ले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । यसलाई आगामी दिनमा अझ  प्रवर्द्धन गरी बढीभन्दा बढी युवालाई सभागिता गराउन आवश्यक छ । युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ ।’’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको समेत बताउनुभयो । युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्ने धारणा उहाँको छ ।

प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरणलगायतका कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको