"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले भदौ १० देखि निर्वाचन केन्द्रित अभियान सुरु गर्दै

प्रकाशित मिति :  14 August, 2022 11:30 am


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन केन्द्रित अभियान गर्ने भएको छ। भदौ १० गतेदेखि राष्ट्रव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान गर्ने निर्णय शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन केन्द्रति अभियान भदौ १० देखि भदौ २४ गतेसम्म चल्नेछ।

यसअघि निर्धारण गरेको मितिलाई कार्यसम्पादन समितिले परिमार्जन गर्दै नयाँ मिति तय गरिएको हो।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागेको हो।

केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएर निर्वाचन केन्द्रित अभियान गर्ने तयारीमा कांग्रेस छ।

कांग्रेसले सत्ता गठबन्धनका दलहरूसँ मिलेर चुनावमा जाने निर्णय गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको