"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले भदौ १० देखि निर्वाचन केन्द्रित अभियान सुरु गर्दै

प्रकाशित मिति :  14 August, 2022 11:30 am


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन केन्द्रित अभियान गर्ने भएको छ। भदौ १० गतेदेखि राष्ट्रव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान गर्ने निर्णय शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन केन्द्रति अभियान भदौ १० देखि भदौ २४ गतेसम्म चल्नेछ।

यसअघि निर्धारण गरेको मितिलाई कार्यसम्पादन समितिले परिमार्जन गर्दै नयाँ मिति तय गरिएको हो।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागेको हो।

केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएर निर्वाचन केन्द्रित अभियान गर्ने तयारीमा कांग्रेस छ।

कांग्रेसले सत्ता गठबन्धनका दलहरूसँ मिलेर चुनावमा जाने निर्णय गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने