"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा आजको बैठकमा यी कार्यसुचीमा छलफल हुर्दै

प्रकाशित मिति :  14 August, 2022 11:46 am


काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै उनले ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले आजकै बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयकक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै मन्त्री वडुले राष्ट्रिय सभाको सन्देश सहितको ‘प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव  प्रस्तुत गर्ने सूची छ। बैठक ११ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी